संयुक्त नागरिक पार्टी,पार्टी प्रवेश तथा स्वागत कार्यक्रम आज पार्टी कार्यलय बिजुलीबजारमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता पार्टी अध्यक्ष दलमर्दन कामीले गर्नु भएको थियो भने कार्यक्रम संचालन पार्टी उपमहासचिव नरेश क्षितिज साथै स्वागत मन्तव्य पार्टी महासचिव प्रेम कार्कीले गर्नु भएको थियो।

त्यस्तै कार्यक्रमको औचित्य प्रष्ट पार्टी अध्यक्ष दल मर्दन कामीले गर्नु भएको थियो।
पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि आउनुभएको आगन्तुकहरुलाइ पार्टी अध्यक्ष, महासचिव, कोषाध्यक्ष,उपध्यक्ष लगायत नेताहरूले खदालगाएर स्वागत गर्नु भएको थियो।





आज संयुक्त नागरिक पार्टीले केन्द्रीय कार्यालय विजुलीबजारमा आयोजना गरेकाे पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा नाैवाग सहित काँग्रेस ललितपुरका युवा नेता अशाेक लामा,देशभक्त समाज पार्टीका केन्द्रीय सदस्य लिलराज गुरुङ्ग( राजु) एपी रिपब्लिकन पार्टीका युवा विभाग प्रमुख श्यामबहादुर राई, सचिवालय सदस्य सपना महर्जन, केन्द्रीय सदस्यहरु हरिकुमार घले,जीत बहादुर विक,ज्याेती अधिकारी,सन्त बहादुर भण्डारी,आइतरानी लिम्बू,विनिता अधिकारी,सन्त लकाजु त्यसैगरि अन्य विभिन्न दल परित्याग गरि पार्टी प्रवेश गर्नेहरुमा चित्रलाल विक,चेरुङ्ग तामाङ्ग,मिना राउत, रेबिका लकान्द्री,बिनिता दराई, स्वस्तिका थापा,परिस्ता मगर,साजन राई,ए.एच. के.राई,निरान राई,निरज राई, दिपेस राई,खिलराज राई,आमोस आग्री,जीवन लामा लगायत रहनु भएकाे छ ।






