विनोद थापा विद्रोही”
जुम्ला —२०८२/०२/२७

देशको सुदूर पश्चिमको एउटा विकट गाउँ — सिमकोट। जहाँ न वर्षाले भरपर्दो साथ दिन्छ, न त सरकारको नजर पर्छ।
तर त्यही ठाउँमा, जनता र किसानको साससँग गाँसिएको एक ऐतिहासिक क्षण देखियो — पूर्व राजपरिवारकी हिमानी शाह र राजकुमार हृदयेन्द्र शाह स्वयंको उपस्थिति।
उनीहरूले यहाँका किसानका लागि निर्माण गरिएको सिचाइ पोखरीको उद्घाटन गरे, धुलो उड्ने पगडण्डी हिँडे, गाउँको माटो समाए, र किसानसँग गफ गरे — त्यो पनि सुरक्षा कवचविनाको सहजता र स्वाभाविकताको साथ।
🤴 राजाको नाति माटोमा, गणतन्त्रका ‘राजा’ काठमान्डौको कुर्सीमा!
२२  वर्षीय हृदयेन्द्र शाह, जसलाई गणतन्त्रले “फालिएको इतिहास” ठान्छ, उनी आज माटो समाउँदै सिमकोटका किसानसँगै उभिए।
तर यता —
गणतन्त्रका सन्तानहरू,
– जनताकै पैसाले खरिद गरिएको गाडीमा हुइँकिन्छन्,
– जनताकै छातामुनि गोली र बारुद ओसार्छन्,
– अनि जनताको खेत सुकाउँछ, जीवन सुकाउँछ,
तर आफनो झोला भने घुस र भ्रष्टाचारले भरिन्छ।

🔥 यो हो गणतन्त्रको अन्तरविरोध — सेवा होइन, स्वार्थ!

राजतन्त्रका सन्तानलाई ‘पछाडि फर्किएको इतिहास’ भन्दै हेप्न खोजियो,
तर आज त्यही इतिहास जनताको आँसु पुछ्न गाउँ पुगिरहेको छ।
हिमानी शाह र हृदयेन्द्र शाह न त भाषण गर्दै थिए, न त जनमत माग्दै।
उनीहरू शब्द होइन, कर्म लिएर आएका थिए।

अनि हाम्रो गणतन्त्र?
गाउँ जान्छ, तर हेलिकप्टरमा।
माटो देख्दैन, केवल मत देख्छ।
जनता देख्दैन, केवल कमिसन देख्छ।

 गणतन्त्रले के दियो सिमकोटलाई?
न शिक्षा

न स्वास्थ्य

न सिंचाइ

न रोजगारी
केवल भाषण र वाचा —
र सायद केही आश्वासनका पोस्टर।
तर आज, राजतन्त्रको सन्तान आए —
र बोलेनन्, काम गरेर देखाए।
पोखरी देखाए, पानी देखाए, अनि सम्भावनाको बीउ रोपे।

🔚 अब जनता सोच्दैछन् –

राजतन्त्रले देश लुटेको भनेर सिकाइएको थियो,
तर आज राजतन्त्रको नातिले माटो समायो।
गणतन्त्रले देश बनाउने भनेर विश्वास दिलाइएको थियो,
तर आज गणतन्त्रका नायकहरू देशका शत्रुजस्तै देखिँदैछन्।
अब प्रश्न हाम्रो हो — हामी माटो समाउनेहरूको साथमा उभिने कि, घुस, गोली र बारुदको थैली बोकेकाहरूको पछि लाग्ने?
#राजतन्त्रवर्ससगणतन्त्र #HimaniShah #HridayendraInJumla #सिंचाई_हो_शक्ति #NepalNeedsActionNotSlogans #RoyalFamilyInPeople’sHeart

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय