नेपालगन्ज : पछिल्लो समय नेपालमा स्केटिङ तथा स्केटबोर्डिङ खेल लोकप्रिय हुँदै गएको देखिएकाे छ ।

नेपालमा खासगरी स्केटिङ र स्केटबोर्ड खेल खेलाउन सन् २००८/०९ देखि अरनिको स्केट शपले नै विदेशी स्वयंसेवक ल्याई नेपाली युवा विद्यार्थीलाई भौतिक रूपमै सिकाउन थालिएको थियो ।

तर, अहिले याे खेल नेपालभर हुँदै जाँदा बाँकेमा पनि यसकाे अभ्यास हुन थालेकाे छ । तर, यहाँका केही स्केट खेल खेलाउने संस्थाले लाेकप्रियतााका निहुँमा बालबालिकाबाट माेटाे रकम असुल्ने गरेकाे नासाे  आएकाे छ ।

एक अभिभावकका अनुसार यस खेलका लागि संस्थाले महङ्गो रकम लिने गरेका छन तर रकम लिए अनुसारकाे सिकाई हुँदैन ।

यहाँ यस  खेलका लागि पुर्वाधार पनि छैन । सडक जाेखिम छन । काेठाभित्रकाे सिकाई भनेकाे मनाेरन्जन र रकम असुलीकाे माध्य मात्रै  हाे ।

बाँकेको नेपालगन्ज, काेहलपुर र कर्णालीकाे सुर्खेतमा अहिले दुई दर्जन जति स्केट खेलाउने संस्था खाेलिएका छन । यसले बालबच्चा रमाएका छन तर अभिभावक माेटाे रकम लगानीले समस्यामा छन ।

बाँकेमा यस्था संस्थाले ३० देखि ५० लाखसम्म लगानी गरेका छन । याे रकम उठाउन समेत उनिहरु खेलाडीबाट शुरुमै माृटाे रकम असुल्न लागेेकाे नागरिक गुनासाे छ । यसतर्फ स्थानीय पालिका र सिडिओ अफिसकाे ध्यान जान जरुरी देखिएकाे छ ।

खासगरी अमेरिका, अस्टे«लियालगायत युरोपियन देशहरुमा साहसिक खेलको रुपमा खेलिने स्केट खेलप्रति नेपालका युवाहरु पनि सक्रिय बन्दै  भने गएका छन् ।

केही वर्षअघिसम्म नेपालमा स्केट खेलबारे नकारात्मक धारणा आए पनि पछिल्लो समयमा सकारात्मक धारणासहित खेलप्रति आकर्षण भने बढेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय