नमोबुद्द नगरपालिका काभ्रेपलान्चोक स्थित ग्रामिण पाठशाला मा ग्रामीण singing Icon सम्पन्न भएको छ।
उक्त icon का प्रमुख अतिथि स्थानी सरकार प्रमुख कुन्साङ लामा थिए भने बिशिस्ट अतिथि वडा अध्यक्षहरु ३ न.रमेश तिवारी ,१० न.रामकृष्ण उपाध्याय,०७ का धर्म सिं लामा,युवा परिषद उपाध्यक्ष रामेश्वर अधिकारी रहेका थिए भने निर्णयक मण्डलमा नेपाली फ्लिमका द्वन्द स्टार मुकुन्द थापा,लोक गायक भोजराज काफ्ले र लोक गायिका गिता देबि लागयतको उपस्थिती रहेको थियो।


Icon मा पहिलो स्थान हात पर्न सफल भएका थिए बिबस खडका त्यस्तै दित्तिय आयुषमा कुइन्केल,तृतीय आयुषा लामा र चौथो अंकिता पौडेल भएका थिए।

यस singing Icon गर्नको मुल उद्देश्य भनेको Singing Icon विद्यालयको एउटा Signature Event हो जसले विद्यार्थीको कला, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना विकास गर्छ ।
यस प्रतियोगिताले गाउँको प्रतिभा देश-विदेशमा चिनाउने अवसर दिएको छ।
अभिभावक, समुदाय, विद्यार्थी र शिक्षकबीच साँस्कृतिक र भावनात्मक सम्बन्ध बलियो बनाउने पुलको काम गरेको छ।
विद्यालयले शिक्षासँगै कला र संस्कृतिको संरक्षणमा पनि जोड दिएको छ भन्ने प्रमाण यही Singing Icon ले दिएको समेत बिद्यालयको प्रधानाध्यापक बिदुर भण्डारीले बताउनु भयो।
यस ग्रामिण पाठशालामा नाम अनुसार नै गाउँकै मुटुमा स्थापित,सामुदायिक भावना र ग्रामीण मुल्यमा आधारित निजी विद्यालय रहेको र स्थापना कालदेखि नै ‘संस्कारयुक्त शिक्षा, ग्रामीण क्षेत्रमै गुणस्तरीय शिक्षा’ भन्ने दृष्टिकोणसहित अगाडि बढिरहेको समेत भण्डारीले बताउनु भयो।

बिद्यालयको उद्देश्य र ध्येय बारे भण्डारी यसो भन्छन:-ग्रामीण क्षेत्रका बालबालिकालाई शहरजस्तै अवसर उपलब्ध गराउने साथै
“शिक्षा केवल पुस्तकमा सीमित नभइ जीवनमा व्यवहारिक प्रयोग हुनुपर्छ” भन्ने मान्यतामा समेत राख्छौं त्यस्तै English, ICT, Art, Music, Sports लगायत बहुआयामिक सीपमा विद्यार्थीलाई सक्षम बनाउने र चरित्र, संस्कृति र अनुशासनलाई शिक्षा सँगै जोड्ने समेत प्रयोस रहेको छ।
यस बिधालयको शैक्षिक विशेषता भनेको बालमैत्री वातावरण र विद्यार्थी-केन्द्रित शिक्षण पद्धति,अङ्ग्रेजी भाषा सशक्तिकरण कार्यक्रमः विद्यार्थीलाई English मा confident बनाउन विशेष प्राथमिकता र Music, Art, Dance जस्ता Extra-Curricular Activity मार्फत विद्यार्थीलाई आत्मविश्वासी बनाउने । आधुनिक ICT प्रयोग (Computer, Multimedia, Online Resources) को प्रयोग गर्ने,गराउने,गरेको समेत भण्डारी बताउछन्।
त्यस्तै यस बिधालयले सामाजिक योगदान समेत गरेको भण्डारी बताउछन।असोज महिनामा आएको पहिरो र बाढीपीडितलाई राहत वितरण जस्ता कार्यक्रम गरेर विद्यालयले शिक्षा बाहेक समाजप्रति उत्तरदायित्व देखाएको र विद्यालय केवल पढाउने केन्द्र मात्र नभई सामाजिक चेतना जगाउने केन्द्र पनि रहेक छ।





