उर्लाबारी, मोरङ | असार १९, २०८२ (03-07-2025) Nepalexpressmedia.com

लायन्स क्लब अफ दमक माउन्ट एभरेष्ट  (LC Damak Mt. Everest) को आयोजनामा तथा लायन्स क्लब इन्टरनेशनल जिल्ला ३२५ सी, नेपालको सहकार्यमा “मानवसेवा (Humanitarian Service)” शीर्षक अन्तर्गत उर्लाबारी–७, मोरङस्थित नमुना बालगृहमा एक विशेष सहयोग कार्यक्रम सम्पन्न गरिएको छ।

“Dry, Safe, and Healthy Life” तथा “Helping Hands, Loving Hearts” भन्ने मूल नारा र सन्देशका साथ सञ्चालन गरिएको यस कार्यक्रममा बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै रेनकोट – २० थान, झुल – २५ थान र छाता – १५ थान हस्तान्तरण गरिएको हो।

विहान ८:३० बजेबाट औपचारिक रुपमा सुरु गरिएको उक्त कार्यक्रम लायन्स प्रकाश शाहको अध्यक्षतामा र जिल्ला प्रतिनिधि लायन्स बबरजंग थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन क्लबका सचिव लायन्स विनोद थापाले  गर्नुभएको हो ।

कार्यक्रममा लायन्स नेत्रप्रसाद चाम्लागाईं (क्याबिनेट सचिव), लायन्स साजन श्रेष्ठ (GAT जिल्ला समन्वयकर्ता), लायन्स पारस पाण्डे (GST), लायन्स डा. सूर्यनारायण साह (प्रमुख, मानसिक स्वास्थ्य विभाग), लायन्स कमला घिमिरे (जोन अध्यक्ष), लायन्स तीर्थ श्रेष्ठ (MJF) तथा नमुना बालगृहका गृह प्रमुख जीवन घिमिरे अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रम माथी प्रकाश पार्दै अध्यक्ष लायन्स प्रकाश शाहले बालगृहमा आश्रित बालबालिकाहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमलाई “न्यानो हृदयबाट जन्मिएको सेवा” को संज्ञा दिँदै, सेवा नै क्लबको मूल परिचय भएको बताउनुभयो।

सामग्री हस्तान्तरण कार्यक्रममा बालबालिकाहरू अत्यन्तै हर्षित देखिन्थे। नयाँ झुल, रेनकोट र छाता पाउँदा उनीहरूको अनुहारमा मुस्कान झल्किरहेको थियो। एक बालकले खुशी हुँदै भने– “अब म झरीमा पनि स्कूल जान सक्छु, अब मलाई मच्छडले पनि टोक्दैन!”

त्यसैगरी बालगृहका गृह प्रमुख जीवन घिमिरेले बालबालिकाको आवश्यकता पहिचान गरी सहयोग पुर्‍याएकोमा आयोजक क्लबप्रति कृतज्ञता प्रकट गर्दै भन्नुभयो “तपाईंहरूका सहयोगले बालबालिकाहरूको जीवनमा वास्तविक राहत र प्रेरणा दिन्छ। यो केवल सामग्री वितरण नभई, मायाको अनुभूति पनि हो।”

कार्यक्रममा प्रमुख अतिथि थापाले आफ्नो मन्तव्य दिँदै “सेवा नै धर्म हो भन्ने भावनामा आधारित रहेर लायन्स क्लबले समाजका दुर्बल वर्गका लागि पुर्‍याएको योगदान अतुलनीय रहेको छ साथै  बालबालिकाहरू हाम्रो भविष्य हुन्। उनीहरू सुरक्षित, सुस्वास्थ्य र सम्मानपूर्वक बाँच्न पाउनुपर्छ भन्दै यस कार्यक्रमले सेवा भावनाको उज्यालो उदाहरण प्रस्तुत गरेको बताउनुभयो ।”

कार्यक्रमको अन्त्यमा क्लबका अध्यक्ष शाहले सम्पूर्ण अतिथि, सहभागी, बालगृह परिवार र क्लब सदस्यहरूलाई आभार व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो।

वि.स. २०५७ सालमा स्थापित नमुना बालगृहले विभिन्न कारणले अनाथ, असहाय वा बिचल्लीमा परेका बालबालिकालाई संरक्षण, शिक्षा, स्वास्थ्य सेवा तथा जीवन निर्माणका अवसरहरू प्रदान गर्दै आएको छ। बालमैत्री वातावरणमा सञ्चालन हुँदै आएको यो संस्था समाजमा सकारात्मक परिवर्तनको प्रेरणादायी उदाहरण बनिरहेको छ।

स्रोत : विनोद थापा विद्रोही

program Photos:-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय