✍️विनोद थापा “विद्रोही”

कमल गाउँपालिका, जेठ १५ब्राइट फ्यूचर बाल क्लबको छैटौं वार्षिक उत्सव तथा चौथो साधारण सभा कार्यक्रम २०८२ साल जेठ १५ गते विहीबार, कमल गाउँपालिका–७ मा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा क्लबका वर्तमान अध्यक्ष जंगबहादुर खड्का सभाध्यक्ष रहनु भएको थियो भने प्रमुख अतिथिको रूपमा कमल गाउँपालिकाका अध्यक्ष श्री हुकूम सिंह राईको विशेष उपस्थिति रहेको थियो।

विशिष्ट अतिथि कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी रहनु भएको उक्त समारोहमा, बाल क्लबका संरक्षक हिरण्य सापकोटा, संस्थापक सल्लाहकार तथा कार्यक्रम संयोजक एवम् क्लबका प्रवक्ता हेमराज भण्डारी, सृजनशील युवा क्लबका अध्यक्ष निशान लामिछाने, कमल बाल सञ्जाल सदस्य अनिल पराजुली, बाल सञ्जाल अध्यक्ष तथा क्लबकी पूर्व अध्यक्ष रोजा फुयाल, उपाध्यक्ष रचित आचार्य लगायत अन्य अतिथिगणहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

त्यस्तै, नेकपा एमाले वडा नं. ७ अध्यक्ष राम घिमिरे, सनसाइन बोर्डिङ स्कुलकी प्राचार्य भावना भण्डारी, विभिन्न टोल विकास संस्थाका अध्यक्षहरू – पशुपति टोलका पदम सेडाई, एकता टोलका प्रेम नेपाल, सरस्वती टोलका धनप्रसाद भण्डारी – साथै आमा डेन्टल दमकका प्रबन्धक अर्जुन कुमार श्रेष्ठ, मौनदीप मोबाइल सप्लायर्स दमकका प्रतिनिधि मौनदीप सिंह, संस्थापक सह–संरक्षक रूपा काफ्ले, सरस्वती मावि कमल–७ का प्रतिनिधि रामकुमार लिम्बू र क्लबका अभिभावक सदस्यहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको विशेष आकर्षणको रूपमा यस वर्षको उत्सवमा विविध बालप्रतियोगिताहरू सम्पन्न गरिएका थिए, जसका विजेताहरुलाई पुरस्कृत गरिएको थियो। पुरस्कारका प्रयोजकहरूमा आमा डेन्टल दमक, मौनदीप मोबाइल सप्लायर्स दमक, र हाम्रो हलेसी होटल कमल–६ मङ्गलबारे रहेका थिए।

कार्यक्रमकै अवसरमा “स्थायित्वसहितको संस्थागत संरचना निर्माण हाम्रो प्राथमिकता हो” भन्ने मूल नारासहित भवन निर्माणका लागि आर्थिक सहयोग संकलन गर्न ‘महा अभियान कार्यक्रम’को औपचारिक सुरुआत गरिएको थियो। अभियानको घोषणा प्रमुख अतिथि अध्यक्ष श्री राई र विशिष्ट अतिथि उपाध्यक्ष श्री न्यौपाने तिवारीले संयुक्तरूपमा बाचन गरी गर्नुभएको थियो।

समारोहको अन्त्यतिर, पूरानो समितिले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै जिम्मेवारी नयाँ समितिलाई हस्तान्तरण गर्दै कार्यक्रम समापन गरिएको थियो।

वि.स.२०७६ सालदेखि स्थापनामा आएको ब्राइट फ्यूचर बाल क्लब कमल गाउँपालिका–७ मा अवस्थित एक सक्रिय, सशक्त र बाल–केन्द्रित सामाजिक संस्था हो। क्लबले समुदायमा बाल अधिकार, शिक्षा, सिर्जनशीलता, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा बालबालिकामैत्री कार्यक्रमहरूको निरन्तर आयोजना गर्दै आएको छ।

बाल क्लबले विद्यालयस्तरका बालबालिकामाझ नेतृत्व विकास, प्रतिभा प्रस्फुटन, सामूहिकता, सामाजिक उत्तरदायित्व, र बाल अधिकारको अभ्यासलाई संस्थागत रूपमा प्रवर्द्धन गर्दै आएको छ। “सशक्त बालबालिका, समुन्नत समाज” भन्ने मूल उद्देश्यका साथ अघि बढिरहेको क्लबले आफ्नो स्थायीत्व र भविष्यका कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन अब आफ्नै स्थायी भौतिक संरचना निर्माणको अभियान थालेको क्लवका संस्थापक अध्यक्ष हेमराज भण्डारी ले बताए ।

ब्राइट फ्यूचर बाल क्लब परिवारले कार्यक्रममा सहभागी सम्पूर्ण अतिथिगण, अभिभावक, शुभेच्छुक, सहयोगी संस्था तथा दाताहरूप्रति गहिरो कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ–सहयोगको अपेक्षा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय