काठमाडौं — नेपालको राजनीतिक वृत्तमा ठूलो तरंग ल्याउने निर्णय गर्दै गृहमन्त्री सुदन गुरुङ ले पदबाट राजीनामा दिएका छन्।

    उनले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामाको घोषणा गर्दै नैतिकता र जनविश्वासलाई प्राथमिकता दिएको बताएका छन्।

गुरुङले आफ्नो वक्तव्यमा उल्लेख गरेका छन् कि आफूले २०८२ चैत १३ गतेदेखि गृहमन्त्रीको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै आएको भए पनि पछिल्लो समय आफ्नो शेयर लगायतका विषयमा उठेका प्रश्नहरूलाई गम्भीर रूपमा लिएको बताएका छन्।
उनले लेखेका छन्, “मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन।”

उनका अनुसार, देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले सार्वजनिक जीवन स्वच्छ र उत्तरदायी हुनुपर्ने सन्देश दिएको छ।
गुरुङले आफ्नो राजीनामाको मुख्य कारण स्पष्ट पार्दै भनेका छन् कि आफू सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कुनै ‘conflict of interest’ नदेखियोस् भन्ने उद्देश्यले पद त्याग गरेको हो।
उनले अगाडि थप्दै भने, “मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु।”
साथै उनले सञ्चारकर्मी, आम नागरिक तथा युवाहरूलाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा लाग्न आग्रह गरेका छन्।
उनले केही सञ्चारकर्मीमाथि पनि संकेत गर्दै भविष्यमा थप खुलासा हुने संकेत दिएका छन्।

✍️Til Bikram Subba

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय