1. चुलाचुली, इलाम ‍✍️ विनोद थापा “ विद्रोही”
    अन्तरपालिकास्तरीय अध्यक्ष कप पुरुष नकआउट फुटबल प्रतियोगिता २०८२ को पत्रकार सम्मेलन सम्पन्न।

चुलाचुली गाउँपालिकामा “अन्तरपालिकास्तरीय अध्यक्ष कप पुरुष नकआउट फुटबल प्रतियोगिता २०८२”सञ्चालन हुने भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने पालिकाको नारालाई जीवन्त पार्दै, चुलाचुली गाउँपालिका स्तरीय युवा तथा खेलकुद समन्वय समितिले  नयाँ वर्षको अवसरमा यस खेलकुद प्रतियोगिताको उद्घाटन गर्ने  बताएको छ ,भने उक्त प्रतियोगिता आगामी २०८२ वैशाख ३ गतेबाट सुरु हुने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा यस प्रतियोगिताको विवरण सार्वजनिक गर्दै, आयोजक समितिका प्रमुख देबेन्द्र तुम्रुक डम्बरले प्रतियोगिता उत्कृष्ट र सम्मानजनक ढङगले सञ्चालन हुने सुनिश्चित गरिएको बताए। यस प्रतियोगितामा जम्मा ८ ओटा टिम सहभागी हुने भएका छन भने जसमा चुलाचुली गाउँपालिकाबाट दुई टिम र  चुलाचुली  सिमाना निकट रहेक पालिका अन्तर्गत  ६ वटा टिमहरूको सहभागिता रहनेछ, जसका लागि खेल तालिका पनि सार्वजनिक गरिएको छ ।
प्रतियोगिता तालिका:

पोल ए:
चुलाचुली गाउँपालिका (निलो)
कमल गाउँपालिका (झापा)
शिवसताक्षी नगरपालिका (झापा)
दमक नगरपालिका (झापा)

पोल बी:

मिक्लाजुङ गाउँपालिका (मोरङ)
माङसेबुङ गाउँपालिका (इलाम)
चुलाचुली गाउँपालिका (रातो)
माई नगरपालिका (इलाम)

प्रतियोगिता २०८२ वैशाख ०३ गतेदेखी २०८२ वैशाख ०७ गतेसम्म सञ्चालन हुनेछ, र यसको फाइनल खेल भने २०८२ वैशाख २० गते सम्पन्न हुने बताइएको छ । सबै खेलहरू चुलाचुली-४, बालज्योतिको खेलमैदानमा सम्पन्न  हुनेछन्।

आयोजनाका लागि बजेट र पुरस्कार विवरण

कार्यक्रमको कुल बजेट ९ लाख रुपैयाँ रहेको छ , यस बजेटमा चुलाचुली गाउँपालिकाले ८ लाख र ४ नं. वडा कार्यालयले १ लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको छ । आयोजक समिति संयोजकले बताए अनुसार, यस प्रतियोगितामा विजेता प्रथम र दोश्रो टिमलाई क्रमशः १ लाख र ५० हजार नगद, आकर्षक ट्रफी, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिनेछ।

पालिका अध्यक्ष र जनप्रतिनिधिको सहभागिता

सम्मेलनको प्रमुख व्यक्तिका रुपमा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङको उपस्थिति रहेको थियो । उनले  यस कार्यक्रमलाई नजिकबाट हेर्ने र पालिकाले यस कार्यक्रमका लागि आवशक परेको खण्डमा जुनसुकै किसिमको सहयोग गर्न तत्पर भइ महत्वपूर्ण भूमिकामा जोड दिने बताएका छन्। साथै, उनले यस प्रतियोगितामा पालिका र वडा प्रतिनिधिहरूको सहभागिता पनि सुनिश्चित गरिएको जनाए।
केरुङले पछिल्लो समयमा चुलाचुलीमा युवा ,संस्कार ,संस्कृति चुलाचुली पहिचान , पर्यटक लक्षित साथै शिक्षा ,स्वास्थ रोजगार र पुर्वाधार विकासमा विभिन्न किसिमका औपचारिक तथा अनौपचारिक कार्यक्रम सम्पन्न गर्दै चुलाचुली बासीको मन जित्दै आएको पाइन्छ ।

प्रतियोगितामा सहभागी पालिकाहरू

चुलाचुली गाउँपालिकाको सिमानामा पर्ने र माथी उल्लेख गरिएका सबै पालिकालाई यस प्रतियोगितामा सहभागी हुन निमन्त्रणा पठाइएको  छ। आयोजक समितिद्वारा उक्त प्रतियोगिता राष्ट्रियस्तरसम्ममा पुर्याउने उद्देश्यले अन्य पालिकालाई सहभागी गराउने तयारी गरिएको हो ।

पत्रकार सम्मेलनमा उपस्थिति

पत्रकार सम्मेलनमा पालिका अध्यक्ष राजेन्द्र केरुङ, विभिन्न वडा अध्यक्षहरू र आयोजक समिति परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो भने उक्त पत्रकार सम्मेलन चुलाचुली गाउँपालिकाको सभाहलमा सम्पन्न भएको थियो।
यस प्रतियोगिताले चुलाचुली गाउँपालिकामा खेलकुदको प्रोत्साहन र युवा सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय