चुलाचुली गाउँपालिकाले ढोल,भ्याम्टा,पोमी ७/७ थान आज हस्तान्तरण गरेको छ।
किरात राई यायोक्खाको १ देखि छ वडा सम्म चुलाचुली गाउँ पालिका स्थानीय सरकार बाट उक्त संस्कृतिक सामग्रीहरु बितरण गरिएको थियो।

कार्यक्रमको प्रमुख अतिथि चुलाचुली गाउपालिका राजेन्द्र केरुङ,अतिथिहरुमा पालिका उपाध्यक्ष दिलु कुमारी लिम्बु लगायत वडा अध्यक्षहरुको पनि उपस्थित रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र केरुङले आफु जनता को र समुदायको हक अधिकारको लागि सदैब तयार रहेको र आफ्नो पहलबाट गर्न सक्ने सबै खाले सहयोग गर्न आफू तयार रहेको समेत बताउनु भयो।
त्यस्तै कार्यक्रममा सकेला र केलाङ नृत्य पनि देखाइएको थियो।
कार्यक्रम सन्चालन मिलन रुमजाली र सोनु राइले गरेका थिए।





