संयुक्त नागरिक पार्टीका महासचिव प्रेम कार्कीले एक बिज्ञापति जारी गरेका छन।
उक्त बिज्ञाप्तीमा बिषय नै समाचार खण्डन बारे भनेर उल्लेख गरिएको छ भने बिज्ञाप्तीमा अनलाइन समाचार माध्यमहरूमा संयुक्त नागरिक पार्टीको नाम जोडेर प्रकाशित गरिएका भ्रामक, तथ्यहीन र नियतवश बदनाम गराउने आसययुक्त समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ भनिएको छ।
बिज्ञाप्ती:-
मिति: २०८२ बैशाख ३१
प्रेस विज्ञप्ति
विषय : समाचारको खण्डन बारे ।
आज मिति २०८२ बैशाख ३१ गतेका दिन समस्ती नेपाल डटकम (https://samastinepal.com/8243/), नीलोपाटी डटकम, ग्लोबल अनलाइन न्युज (https://globalonlinetelevision.com/maf-chairman-bidur-adhikari-attempted-to-belittle-the-journalist/) लगायतका अनलाइन समाचार माध्यमहरूमा संयुक्त नागरिक पार्टीको नाम जोडेर प्रकाशित गरिएका भ्रामक, तथ्यहीन र नियतवश बदनाम गराउने आसययुक्त समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
उक्त समाचारले देशको संवैधानिक अङ्ग निर्वाचन आयोगको समेत गरिमा र विश्वसनीयतालाई आघात पुग्ने गरी प्रस्तुत गरिएकाछन् । निर्वाचन आयोगजस्तो निष्पक्ष, पवित्र र संवैधानिक संस्थामाथि यस्ता आधारहीन आरोप लगाइनु अत्यन्त निन्दनीय विषय हो । सञ्चार क्षेत्र देशको चौथो अङ्गका रूपमा सत्य, निष्पक्ष र जिम्मेवार भूमिकामा रहनुपर्नेमा कुनै सन्दर्भ वा पुष्टिबिना यसरी सार्वजनिक संस्थाहरूमाथि हिलो छ्याप्ने कार्य आपत्तिजनक मात्र नभई कानूनी दृष्टिले समेत गैरजिम्मेवार ठहरिन्छ ।
सामाजिक एकता पार्टीको राष्ट्रिय अधिवेशनबाट समितिको पुनर्गठन तथा नाम परिवर्तन गर्दै संयुक्त नागरिक पार्टी अद्यावधिक गरिएको हो । निर्वाचन आयोगमा यस सम्बन्धी सम्पूर्ण प्रक्रिया कानूनी रूपमा पूरा गरिएको छ । यस्तो संवैधानिक प्रक्रियालाई अस्वीकार गर्दै पार्टी र आयोगलाई जोडेर ‘घुस दिएर पार्टी’ अध्यावधिक गरेको भन्ने आसयमा लेखिएको समाचार सम्पूर्ण रूपमा झूठो, आधारहीन र भ्रामक छ ।
पार्टी यस्ता खालका समाचारहरूको खण्डन गर्दै सम्बन्धित सञ्चार माध्यमहरूलाई सत्य तथ्य पुष्टि नगरी भ्रम फैलाउने कार्य नगर्न गम्भीर ध्यानाकर्षण गर्दछ । साथै तत्काल उक्त समाचार खण्डन गरी आत्मालोचनासहित नसच्याए आवश्यक परे कानूनी प्रक्रियामा समेत अघि बढाउने अधिकार पनि पार्टीले सुरक्षित राखेको जानकारी पनि गराउन चाहन्छौँ ।
बोधार्थ : निर्वाचन आयोग, नेपाल
नेपाल पत्रकार महासंघ
प्रेस काउन्सिल नेपाल





