संयुक्त नागरिक पार्टीको प्रथम कास्की जिल्ला भेला  असार ३ गते, पोखरामा भव्य रूपमा सम्पन्न भएको छ ।  पार्टीका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक डा.जीत घलेकाे अध्यक्षतामा सम्पन्न भएको भेलाले  पदम बहादुर गुरुङको अध्यक्षतामा सात सदस्यीय कास्की जिल्ला तदर्थ समिति गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा टेक बहादुर नेपाली र पस बहादुर बिक, सदस्यहरूमा सिमोन श्रेष्ठ, सीता सुनार , सुमित्रा नेपाली र गम्बरसिंह बिक रहेका छन् ।

प्रमुख अतिथि संयुक्त नागरिक पार्टीका केन्द्रीय अध्यक्ष दलमर्दन कामीले शान्ति र समृद्धिको सन्देश दिँदै बिरुवामा जल अर्पण गरेर वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनको प्रेरणादायी उदाहरण प्रस्तुत गर्दै कार्यक्रमको उद्घाटन  गरे ।  कार्यक्रमलाई सम्बोधन गर्दै उनले  नवगठित समितिको घोषणा पनि गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि दलमर्दन कामीले भने  “संयुक्त नागरिक पार्टीको उदय नेपालको राजनीतिक इतिहासमा सामाजिक न्याय, समानता र समावेशी नेतृत्व स्थापनाको स्पष्ट एजेन्डाका साथ भएको हो । उत्पीडित, सीमान्तकृत र बहिष्कृत समुदायहरूको सशक्त प्रतिनिधित्वका लागि हाम्रो पार्टी अडानमा छ।”

“हाम्रो राजनीति केवल सत्ता होइन, समाज र राष्ट्रको समर्पित सेवा हो ” उहाँले भन्नुभयो। “धार्मिक मूल्य, न्याय, समानता र समावेशीता हाम्रो पार्टीको मूल आधार हुन्। यी नै मार्गदर्शनले समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ।” उनले भने ।

कार्यक्रमलाई पार्टीका उपाध्यक्ष डा.शैलेस दियाली, जित घले ,कमल पुर्जा,महासचिव प्रेम कार्की, उपमहासचिव बिदुर अधिकारी लगायतका नेताहरुले सम्बोधन गरेका थिए भने सो कार्यक्रममा पार्टीका उपमहासचिव सोम आले, सचिवालय सदस्य उदयबहादुर शेरपुञ्जा लगायत  सहभागी भएका थिए ।

पार्टीको सङ्गठन विस्तार, सामाजिक न्याय, समावेशीता र नागरिक अधिकारका विषयमा गहन छलफल तथा सुझावहरू सहित विभिन्न वर्ग, समुदाय र पृष्ठभूमिका देशभक्त नागरिकहरूको उल्लेख्य  सहभागिता रहेको उक्त कार्यक्रम पार्टीका केन्द्रीय सदस्य विनाेद नेपालीले  सञ्चालन गरेका थिए भने केन्द्रीय सदस्य गणेश सुनारले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय