
इटहरी, २८ असार २०८२
नेपालकै चर्चित सौन्दर्य सैलुन ‘फेशियल हाउस’ले आफ्नो 10 नयाँ शाखा इटहरीको सेन्ट्रल प्लाजामा भव्य समारोहका साथ उद्घाटन गरेको छ। प्रमुख अतिथिका रूपमा उपस्थित इटहरी उपमहानगरकी उपमेयर संगीत चौधरीद्वारा शाखाको आज उद्घाटन गरिएको हो।
कार्यक्रममा बोल्दै उपमेयर चौधरीले फेशियल हाउसले इटहरीमा रोजगारी र व्यावसायिक सेवाको नयाँ अवसर ल्याउने विश्वास व्यक्त गर्नुभयो।

१४ वर्षदेखि सौन्दर्य सेवा क्षेत्रमा सक्रिय सुष्मा महराको नेतृत्वमा सञ्चालित फेशियल हाउसले देशभर स्तरीय सेवा दिँदै आएको छ।उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै संस्थाकी सञ्चालिका महराले सेवा विस्तारसँगै ग्राहकको भरोसा र माया प्राप्त गर्नु नै आफ्नो लक्ष्य भएको बताइन्।

उक्त कार्यक्रममा सञ्चारकर्मी, स्थानीय समाजसेवी महिला तथा बिभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उद्घाटन अवसरमा विशेष छुटसहित विश्वस्तरीय सेवा उपलब्ध गराउने फेशियल हाउसले जानकारी दिएको छ।






