काठमाडौं, असार ३२ ✍️विनोद थापा विद्रोही
–केन्द्रीय संयोजक देवी संग्रौलाको साथमा ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपाल’ अन्तर्गत ऋणी एसोसिएसन केन्द्रीय समितिले बैंक, लघुवित्त, सहकारी तथा सूदखोरहरूमाथि कडा चेतावनीसहितको प्रेस विज्ञप्ति जारी गर्दै जनतालाई ‘आत्मरक्षा’का लागि खडा हुन अपील गरेको छ। अनामनगर, काठमाडौंमा बसेको समितिको आपतकालीन बैठकले वित्तीय अत्याचार विरुद्ध जनस्तरमै विद्रोहको तयारी भइरहेको उल्लेख गरेको छ।
👉 जनताको प्रतिशोध अब शान्त छैन!
२०७२ को विनाशकारी भूकम्प, कोरोना महामारी, बेरोजगारी र राजनीतिक अस्थिरताको पीडामा परेका नेपालीहरू अहिले ‘धन कुशासन’को दुस्खद चपेटामा परेका छन्। विज्ञप्तिमा भनिएको छ— “बैंक र लघुवित्तले गरीब किसान, मजदुर, व्यापारी, महिलामाथि यस्तो क्रूरता थोपरेका छन्, जसले गर्दा आत्महत्यासम्म गर्न बाध्य बनाइएको छ। ३५ प्रतिशतभन्दा बढीले आत्महत्या, घरबार गुमाउने अवस्था, शरीरमा आगो लगाउनेसम्मको पीडादायी अवस्था सृजना भएको छ।” सार्वजनिक विग्यप्त
📢 चेतावनीको मुख्य बुँदाहरू:
🔹 नागरिकको सुरक्षा सुनिश्चित गरियोस्
🔹 बैंक तथा सहकारीको गैरकानुनी काम तत्काल रोकियोस्
🔹 कोरोना महामारीको समयमा लिइएको ऋण र ब्याज खारेज गरियोस्
🔹 सूदखोरी पीडितको ऋण माफ गरियोस्, २० लाखभन्दा कम ऋणमा सहुलियत व्यवस्था लागू गरियोस्
🔹 उद्योग व्यवसायीलाई ४% मा ऋण दिने वातावरण बनाओस्
🔹 गार्होमा परेका ऋणीमाथिको चरम दुर्व्यवहार अन्त्य गरियोस्
🔹 नेपाली राष्ट्र बैंक र सरकार नै यसको जवाफदेही बनोस्
⚠️ आन्दोलनको स्पष्ट संकेत:
ऋणी एसोसिएसनले भन्यो— अब हाम्रो धैर्यको सीमा सकिएको छ। यदि माथिका माग तत्काल सम्बोधन भएनन् भने, नेपालभर जनविद्रोहको ज्वाला सल्कनेछ। घरबार विहीन, ऋणले थिचिएका, समाजबाट बहिष्कृत नागरिकहरू अब चुप बस्ने छैनन्।
अन्त्यमा केन्द्रीय संयोजक देवी प्रसाद संग्रौलाको हस्ताक्षरसहित भनिएको छ:

“अब पनि जनताको चित्कार नसुन्ने हो भने जनताको आक्रोश कसैले रोक्न सक्दैन। राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था र सरकार नै यसको सम्पूर्ण जिम्मेवार हुनेछ।”
यो प्रेस विज्ञप्ति कुनै सामान्य चेतावनी होइन। यसले अबको दिनमा नेपालमा वित्तीय प्रणालीमाथि जनप्रतिक्रिया, प्रतिरोध र विद्रोह बढ्न सक्ने स्पष्ट संकेत दिएको छ।







