संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न भएको छ । पार्टीका केन्द्रिय अध्यक्ष दल मर्दन कामीको प्रमुख आतिथ्यमा रुपन्देही जिल्ला कार्य समिती गठन गरेको छ ।
उक्त भेलामा माधवकुमार नेपाल नेतृत्वको समाजवादी पार्टीका प्रदेश समिति सदस्य बिजय प्रसाद गौतम पार्टी प्रवेश गरेर उनी संयुक्त नागरिक पार्टी रुपन्देही जिल्ला अध्यक्ष बनेका छ्न ।

पार्टी प्रथम भेलाले अध्यक्ष डाक्टर विजय प्रसाद गौतम प्रथम
उपाध्यक्ष तविता वि.क.
दूतिय उपाध्यक्ष- रचना मोक्तान
सचीव संकर पृथी सिमोन
सह सचिव :- ललित तिरुवा
कोषाध्यक्ष :- श्याम गुरुङ
सदस्यहरू प्रकाश चन्द्र घिमिरे
सानु भापा
कमला गोतामे
हेम आले
हिरा सारु
रुवेन चौधरी
भिम क्षेत्री
सावित्रा गलामी
सल्लाहाकारहरू
युवराज वि.क
मन पाण्डे
यान वहादुर सुनार रहेकाछ्न
कार्यक्रम पार्टीका प्रवक्ता बिदुर अधिकारी र केन्द्रीय सदस्य गणेश सुनार सहभागी रहेका थिए।

कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष कामीले संयुक्त नागरिक पार्टी रहरले पार्टी निर्माण गरेकाछैनौं । हामीले सकेसम्म राम्रो गर्न सक्छौं सक्दैनौं भनेअहिले राजनीति पार्टीको जस्तो नराम्रो नगर्ने प्रतिबद्धता जारी गरेकाछ्न ।
अध्यक्ष कामीले संयुक्त नागरिक पार्टी लुम्बिनी प्रदेशमा रुपन्देही बाट औपचारिक रुपमा आफ्नो ऐतिहासिक यात्राको नयाँ युग सुरु भएको जनाए उनले पार्टीको निति इमानदार नेता आजको आवश्यकता इश्वरिय मूल्य मान्यतामा रहेर सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र स्थापना गरेर नयाँ नेपाल निर्माण गर्ने बताए।
नव कार्यसमितिलाई शुभकामना दिदै उनले जिल्लाभर विद्यमान अन्याय, विभेद, बहिष्कार र दमनका संरचनाविरुद्ध दृढ संघर्ष गर्दै पार्टीको नेतृत्व सदैव उत्तरदायी रहन र सत्ता शक्तिको लोभमा नझुक्न र जनताको इमानदार काम गर्न निर्देशन गरे ।
उनले रुपन्देही नेपालकै ऐतिहासिक प्रयटन विविधताको केन्द्र, सांस्कृतिक धरोहरको भण्डार र कृषिउद्योगको मूल थलोको रूपमा स्थाइत्व दिन जिल्लामा दलित, मधेसी, मुस्लिम,इशाइ बुद्धिष्ट ,सिख जैन लगायतका धार्मिक अल्पसंख्यक सीमान्तकृतको अधिकार खसआर्य, थारू, आदिवासी–जनजाति सबै समुदायको आत्मसम्मान सुरक्षित गर्दै समानअस्तित्वको अवसर ग्यारेन्टी गर्ने कुरामा पार्टी प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा पार्टीका उपमहासचिव विदुर अधिकारी पार्टी केन्द्रिय सदस्य गणेश सुनारले पार्टीको धारणा राखेका थिए ।
डाक्टर जोयल रेग्मी ,मन पाण्डे ,युवराज बिक,ललित तिरुवा,तेज प्रकाश बिसि,रेभ.बाबुराम बस्नेतले नव कार्यसमिति लाई शुभकामना सन्देश दिएका थिए ।





