फ्लिपिन्सको राजधानी मोनिलामा अहिले लिटल मिस एण्ड मिस टिन युनिभर्स अन्तर्राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ।

उक्त प्रतियोगिता प्यासिफिक पल इभेन्ट् म्यानेजमेन्ट फ्लिपिन्सको आयोजनामा ५ दिन भएको र बिश्वका २२ देशका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए।

यस प्रतियोगितामा नेपालको दमकबाट १४ बर्षिय किशोरी नुम्सा लिम्बू र कमलबाट १९ बर्षिय रोशनी दर्नाल प्रतिस्पर्धी थिए।

नेपाली प्रतिनिधि रोशनी दर्नाल र नुम्सा लिम्बुले पनि एसियाली क्षेत्रको शिर्ष उपाधि जितेर नेपाललाइ गौरवमीत तुल्याएको छन।

१९ बर्षिय रोशनी दर्नालले मिस टिन युनिभर्स एसियाको उपाधी चुमेकी छिन भने यस अघि उनले थाइल्यान्डको बैंककमा सम्पन्न स्टार इन्टरनेशनलमा सहभागी भइ शिर्ष ५ मा पुगेर अन्तरास्ट्रिय स्तरमा आफुलाइ स्थापित गराइसकेको छन।अहिलेको प्रतियोगितामा दर्नालले बेस्ट इन कन्फिडेन्स र बेस्ट इन इन्ट्रोडक्सनको टाइटल समेत हात पार्न सफल हुनु भएको छ।

यस्तै दमकका १४ बर्षिय नुम्सा लिम्बुले मिस प्रीटिम्स युनिभर्स एसियाको उपाधी जितेका छन।यसै प्रतियोगितामा उनले बेस्ट इन इन्टरभ्यु टाइटल पनि जितेका छन।

उनिहरुले सौन्दर्य प्रतिभा,ब्यक्तिव र आत्मा बिश्वासको आधारमा विभिन्न चरण पार गर्दै प्रतिस्पर्धा गअरेका थिए।

नुम्सा लिम्बू मिस टिन आटृस्टी २०२४ बिजेता र रोशनी दर्नाल २०२२ का बिजेता हुन।

नेपालका लागि राष्ट्रिय निर्देशक प्रबिन पाठकका अनुसार दुवै प्रतिनिधि आत्मा बिश्वासी र मेहेनती छन साथै नेपाललाई बिश्व सामु गौरवमित पर्नेमा आफू बिश्वस्त रहेको बताउछन।

उनीहरु नेपालबाट १२ तारिखमा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालबाट मलेसिया हुँदै फ्लिपिन्स पुगेका थिए।त्यस्तै यश कार्यक्रम बर्षको एक पटक हुने र त्यसमा नेपालबाट क्लियोपात्रा इभेन्टसले नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगीमा भाग लिने गरेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय