“अलिक फरक हुन सक्छ धेरै लाई अपाच्य हुन सक्छ।हजुमोला खाएर पढ्नुहोला अलि कति पचाउन सक्नुहुन्छ होला।”-अविन मेयाङ्गवो
हामी नेपाली धर्मका हिसाबले बहुधार्मिक राष्ट्र हो अर्थात यहाँ किरात,बौद्ध,मुस्लिम,हिन्दु,ख्रीष्टियन,जैन आदी इत्यादी छन।हिन्दुहरुको आस्थाको धरोहर पशुपतिनाथ, बौद्धको लुम्बिनी,किरातको माङ्सेबुङ,ख्रीष्टियन ,मुस्लिम र जैनको मुल धरोहर धेरै छन।

अब म मुलतः आफू ख्रीष्टियन भएकोले मलाई अलिक ज्यादा यहि बारे थाहा छ र मैले।यसैको बारे मात्र लेख्ने चेष्टा गरे किनकि एउटा भनाइ छ,”जुन गाउको आफू बसिन्दा हैन त्यो गाउको बारे नबोलेको नराम्रो”।त्यही सिधाान्तलाई टेक्दै मैले आफ्नै आस्था भित्रको केही खिच्चातानी मात्र दर्शाउन चाहे।मैले यहाँ आस्था भन्ने शब्द प्रयोगमा ल्याउछु अब।यो किन भन्दा खास ख्रीष्टियानिटी भनेको धर्म हैन यो एउटा आस्था हो।धर्मले दास बनाउछ धर्मले मानबलाइ दानव बनाउछ तर आस्थाले मानबलाइ सदैब मानव नै बनाइरहन मद्दत गर्छ र आस्थाले दास बनाउदैन।
अब कुरा गरौ मैले मानी रहेको आस्थामा पछिल्लो समय एउटा संस्थाले बाइबलीय सिधाान्त काम गरेन भन्ने मेरो ठम्याइ मात्र हैन आरोप पत्र नै हो।
अब आरोप बुँदागत रुपमा;-
-पहिलो नम्बरमा त्यो संस्थाको नाम राष्ट्रिय ख्रीष्टियन महासंघ हो।
-दोश्रो नम्बरमा यस संस्थाको अध्यक्ष चिर बाबू गहतराज(सिबि) लाई बाइबलिय सिधान्त अनुरुप क्षमा दिएन।त्यो काम कसले गर्यो भन्दा अहिलेको समान्तर संस्थाको अध्यक्ष उद्दब चिमोरियाले गर्यो।भाइ भाइ बिचको प्रेम खोइ?छिमेकी प्रती देखाउनु भनेको प्रेम खोइ?
-तेस्रो नम्बरमा यो संस्थाको आधिकारिकता के हो बैधानिकता के हो कहिले पनि प्रस्ट्याएन अर्को कुरा बिधान अनुसार महाधिवेशन सम्पन्न भयो भन्यो खोइ त पदाधिकारी को नाम?
-चौथो नम्बरमा हामी नेपालका चर्चहरुले केको लागि र किन यस्ता महासंघहरुमा दर्ता भइरहनु पर्ने?जसको आधिकारिकता नै खुलेको छैन।खुलेको भए खोइ त कागज पत्र?
-पाचौ र अन्तिममा बाइबलीय सिधान्त अनुरुप चल्न नसक्ने यस्ता जोकोही पास्टर र अगुवाहरूलाई किन अगुवा मान्दिनुपर्ने हामीले?
हामी नेपालका ख्रीष्टियन चर्चहरु साह्रै भावनामा डुब्छौ र गलत मान्छेलाइ बोकि रहेका हुन्छौ।कोहि बाइबल कलेज पढाउछु भन्ने तर आफ्नो संसारको शारीरिक शरिरमा हुदा चाहिँ दोषारोपण गरिरहने क्षमा दिन नसक्ने अनि लडाइ गरिरहने,उहाले कस्तो शिक्षा दिनुहोला?आफू चर्चको पास्टर हुने अनि बाहिर चाहिँ आफ्नो भाइले गल्ती गर्दा होस या नगर्दा होस क्षमा माग्दा बाइबालिय सिधान्त अनुरुप क्षमा दिनै नसक्ने एक अर्का प्रेमको भाब राख्नै नसक्ने यो कस्तो खाले पास्टरी सेवाकाइ हो?
अन्तमा यो त हामी नेपाली ख्रीष्टानीहरु भित्र भएका अमुर्त लुकेको जबर्जस्ति लुकाउन खोजिएको केही कुराहरु हो तर यस्ता घटनाहरु आज प्रत्येक धर्ममा छ र यस्तो बिसंगतीको बिरुद्द आवज उठाउन जरुरी छ हाम्रो आस्थाका केन्द्रहरू सच्चिन जरुरी छ।
मेरो आशय भनौ या मुलभुत मेरो सिधान्त भनेको “गल्ती मेरै बाउले गरे पनि गल्ती गर्नु भयो बाउ भन्ने हो।”गल्ती गरेको हेरेर बस्ने प्रश्न उठाउनु नसक्नु पनि गलत कार्यलाइ बढावा दिएको हो।त्यसैले मैले यो लेख्न उचित ठाने।





