काठमाडौको बानेश्वरमा हिजो देखि तीन दिन कर्णाली स्याउ उत्सव -२०८२ सुरु भएको छ।

आज दोश्रो दिन उक्त उत्सबमा बन तथा बाताबरण मन्त्री ऎन बहादुर शाही ,प्रतिनिधि सभा सदस्य मा. ज्ञान बहादुर शाहि,बागमती प्रदेश संसाद सुनिल केसि लगायत नेपाली हास्य क्षेत्रका कलाकार जितु नेपालको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि बन मन्त्री शाहिले नेपालमा उत्पादन भएको कर्णालीको स्याउलाई कसरी बजारीकरण गर्न सकिन्छ भनेर म आफै पनि पश्चिमको भएकोले कृषि मन्त्री ज्युसंग सल्लाह गरिरहेको छु।यसको बजारीकरणमा अब नेपालको सरकारले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भयो।

त्यसतै माननीय ज्ञान बहादुर शाहीले आफुले सक्दो प्रयास गरिरहेको तर हामीले यसलाइ जसरी सामाजिक संजालबाट यसको प्रचार गरिरहेक्क थियौ अचानक ओलिको सरकारले फेस्बुक बन्द गरि दिएपछी प्रचार प्रसारमा भने केही समस्या उत्पन्न भएको छ तर पनि हामी निरन्तर लागि रहेको छौ भन्ने पनि बताउनु भयो।

त्यस्तै एक स्याउ ब्यापारीले आफ्नो गुनासो पोख्दै शाहिलाइ भनेका थिए,”अहिले पनि हाम्रो स्याउ बल्खुका फलफुल पसलहरु मा व्यपारीहरुले राखिदिदैनन” यसमा उनले उत्तर दिदै भनेका छन म तपाईंहरुको प्रतिनिधि हु म गएर कुरा गर्छु तपाईंहरु ढुक्क हुनुहोस।

अब अहिलेसम्मको बजार के छ स्याउको सारंशमा:-

१. किसान व्यस्त: स्याउ टिप्दै, बेच्दै

जुम्लामा अहिले किसानहरु बगैंचामा स्याउ टिप्न निकै व्यस्त छन्। उपत्यका र उच्च भेगका बगैंचामा गतिशीलता छ — खासगरी तल्लो क्षेत्रका किसानले स्याउ टिपिसकेको अवस्थामा माथिल्लो क्षेत्रका किसानहरू अहिले मात्रै स्याउ टिप्न थालेका छन् ।

गुणस्तरका हिसाबबाट यो वर्ष उत्पादन कम भए पनि, फलहरू गुलियो र राम्रो रहेको बताइएको छ। फल निष्क्रिय नभई व्यापारीहरू बगैंचामा पुगेर खरिद गरिरहेका छन्, औसतमा एक किलो स्याउ ७० रुपैयाँमा बिक्री भइरहेको स्थिति छ ।

२. बजार माग र मूल्य प्रतिस्पर्धा
काठमाण्डौं लगायतका बजारमा अहिले जुम्ला र मुस्ताङको मार्फा स्याउ व्यापक मागमा छन्। मुस्ताङमा प्रतिकेजी २४०–२५० रुपैयाँमा विक्री भइरहे पनि उपभोक्तासम्म पुग्दा भाउ ३००–३५० रुपैयाँ हुन्छ। चीनको फुजी स्याउको भाउ २५०–२८० रुपैयाँ रहेकोमा, स्वदेशी स्याउ अझ महँगो छ ।

३. उत्पादन र निर्यात प्रयास

गत वर्षभन्दा करिब ४०% कम उत्पादन भए तापनि, स्याउ निर्यात र आम्दानीका काम भइरहेको छ। सही तथ्यांक संकलनको क्रममा जुम्ला–कालीकोटको नाग्म प्रहरी चौकीले मालवाहक गाडीहरूको विवरण सङ्कलन गर्ने जिम्मेवारी पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय