पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले २०८२ जेठ २ गते शुक्रबारदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको छ।

अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १५७ रुपैयाँ र डिजेल प्रतिलिटर १४२ रुपैयाँ कायम भएको छ। त्यस्तै, सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ र डिजेल प्रतिलिटर १४१ रुपैयाँ तथा बाँकी ठाउँमा पेट्रोल प्रतिलिटर १५४.५० रुपैयाँ र डिजेल प्रतिलिटर १३९.५० रुपैयाँ कायम भएको निगमले जनाएको छ।

निगमका अनुसार, इन्डियन आयल कर्पोरेसनबाट बिहीबार प्राप्त नयाँ मूल्य सूची अनुसार मूल्य समायोजन गरिएको हो। नयाँ सूचीमा पेट्रोल प्रतिलिटर १.०८ रुपैयाँ र डिजेल २.८० रुपैयाँले घटेर आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय