दमक, झापा — Manushi Media House Pvt. Ltd. ले आफ्नो संस्था र नेतृत्वमाथि सामाजिक सञ्जालमार्फत भइरहेको चरित्र हत्या तथा भ्रामक प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कम्पनीका प्रवन्ध निर्देशक तथा नेपाल एक्सप्रेस
का प्रमुख सम्बादाता चन्द्रमान राईले गोप्य अडियो १० हजारमा बेचेको समेत जस्ता भ्रम प्रचारप्रसार गर्दै फेस्बुक मा कन्टेन बनाउने जस्ता कुरा पनि उद्द्त गरेको छन।

जारी प्रेस विज्ञप्तिमा पछिल्लो समय सामाजिक सञ्जालमा आफ्नो आवाज मिसाएर गलत आशयका अडियो–भिडियो सामग्री प्रसारण गरिएको उल्लेख गरिएको छ। यस्तो कार्यले व्यक्तिगत मानमर्दनका साथै पत्रकारितामाथि नै प्रहार भएको बताइएको छ।

विज्ञप्तिअनुसार विगत लामो समयदेखि विभिन्न सञ्चार माध्यममार्फत पत्रकारिता गर्दै आएको उक्त संस्थाले दमकलाई केन्द्र बनाएर झापा, मोरङ, इलाम लगायत जिल्लामा समाचार संकलन तथा प्रसारण गर्दै आएको जनाएको छ।

चन्द्रमान राईले आफू स्थानीय तहसँग समन्वय गरेर जनताको आवाज उठाउने काममा सक्रिय रहेको र कुनै स्वार्थ नराखी पत्रकारिता गरिरहेको स्पष्ट पारेका छन्। यस्ता भ्रामक सामग्रीमार्फत आफ्नो पेशा नै समाप्त पार्ने प्रयास भएको उनले उल्लेख गरेका छन्।

साथै, सामाजिक सञ्जालमा फैलाइएका अडियो तथा प्रचार सामग्रीमा कुनै सत्यता नरहेको दाबी गर्दै यस्ता गतिविधि दोहोरिएमा नेपाल सरकारको साइबर अपराधसम्बन्धी कानुनअनुसार कडा कानुनी कारबाही अगाडि बढाइने चेतावनी पनि दिइएको छ।

विज्ञप्तिमा सम्पूर्ण सरोकारवालालाई यस्ता झुटा प्रचारप्रति सचेत रहन र सत्यतामा आधारित सूचना मात्र ग्रहण गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय