विनोद थापा “विद्रोही”

उर्लाबारी, मोरङ — मिति २०८२ साल जेठ ३० गते, शुक्रबार
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), उर्लाबारी बहुमुखी क्याम्पसद्वारा आयोजित साप्ताहिक खेलकुद पुरस्कार वितरण तथा ‘फेरि भेटौँला’ कार्यक्रम अत्यन्तै भव्य, अनुशासित र उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ।

 

स्ववियु सभापति पोषण जङ्ग आचार्यको सभापतित्वमा आयोजित सो कार्यक्रममा उर्लाबारी नगरपालिकाका  मेयर खड्ग फागो प्रमुख अतिथिका रूपमा सहभागी थिए भने कार्यक्रम संचालक सन्दिप बुढाथोकीले गरेका थिए ।

कार्यक्रममा गायन, नृत्य, गजल तथा कविता जस्ता बहुपक्षीय सांस्कृतिक प्रस्तुतीहरूले विशेष आकर्षण र विविधता प्रदान गरे।
खेलकुदमार्फत प्रतिभा र अनुशासनको प्रदर्शन
साप्ताहिक खेलकुद अन्तर्गत फुटबल, भलिबल, क्रिकेट, कबड्डी, सटपुट लगायतका विधाहरूमा सम्पन्न प्रतिस्पर्धामा विद्यार्थीहरूले आफ्नो क्षमता र सामूहिकताको उच्च प्रदर्शन गरेका थिए।


विजेता वर्ष र शिर्षक
फुटबल – चौथो वर्ष
भलिबल – पहिलो वर्ष
क्रिकेट – तेस्रो वर्षले सानदार विजेता हासिल गरेका थिए । जसको उच्च मुल्यांकन गर्दै आयोजकले  जेठको ३० गते विजेता विद्यार्थीहरूलाई औपचारिक रूपमा मेडल, प्रमाणपत्र तथा अबिरद्वारा सम्मान गरियो, जसले उनीहरूमा थप उत्साह र आत्मगौरव भर्‍यो।

‘फेरि भेटौँला’ मा मायाको चिनो

क्याम्पसबाट स्नातक तहको अन्तिम वर्ष अध्ययनरत विद्यार्थीहरूलाई बिदाइस्वरूप आयोजित ‘फेरि भेटौँला’ कार्यक्रम विशेष भावुक तथा प्रेरणादायी रह्यो। बिदाइमा सहभागी प्रत्येक विद्यार्थीलाई आकर्षक मायाको चिनो प्रदान गरियो, जसले क्याम्पस जीवनका सम्झनाहरूलाई अझ आत्मीय बनायो।

प्रमुख अतिथिको सन्देश: “पार्टीभन्दा माथि राष्ट्र सोच्न सिकौँ”

कार्यक्रमका प्रमुख अतिथि खड्ग फागोले आफ्नो मन्तव्यमा वर्तमान पुस्ताले राजनीतिक पार्टीको दायराभन्दा बाहिर गएर राष्ट्रिय दृष्टिकोणबाट सोच्नुपर्ने, स्वतन्त्र ढंगले राष्ट्र निर्माणमा योगदान पुर्याउनुपर्ने विचार राखे। उनले भने:
“आजको विद्यार्थी नेताले केवल नारावाजी होइन, नीति र नेतृत्वको अभ्यास गर्नुपर्छ। हामीले दलको हैसियतभन्दा माथि उठेर समाज र राष्ट्रका निम्ति सोच्न सिक्नुपर्छ।”
उनको मन्तव्यले कार्यक्रममा उपस्थित विद्यार्थीहरूमा चेतना र प्रेरणा थपेको देखिन्थ्यो

कार्यक्रम समापनका क्रममा सभापति पोषण जङ्ग आचार्यले बिदाइ शब्द व्यक्त गर्दै भने:
“खेलकुद र सांस्कृतिक गतिविधि मात्रै होइन, हाम्रो अभियान समावेशी नेतृत्व, शैक्षिक अनुशासन र विद्यार्थी एकताको निर्माण हो।”


उनले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व क्षमता, खेल भावना, सहकार्य र क्याम्पसप्रतिको उत्तरदायित्व भावना विकास गर्न मद्दत गर्ने बताए
कार्यक्रममा क्याम्पस प्रशासन, शिक्षकहरू, पूर्व विद्यार्थी, स्थानीय अगुवा तथा विभिन्न तहका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सम्पूर्ण कार्यक्रम अत्यन्त व्यवस्थित, सम्मानजनक र प्रेरणादायी ढंगले सम्पन्न गरिएको आयोजक परिवाले जानकारी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय