जागृति अपाङ्ग सङ्घ चुलाचुली इलामले बन्द भएको अगरबत्ती उद्योगलाई पुनः सुचारु गरी बजारीकरण सञ्चालनमा ल्याएको छ।

चुलाचुली गाउँपालिका इलामको जागृति अपाङ्ग सङ्घ छोराछोरी इलाम समितिले २०७६ सालमा अगरबत्ती उत्पादन गर्न भनी ल्याएको मेसिन सुचारु गरेको तीन महिनापछि देशमा कोभिड-१९ आएपछि उद्योग ठप्प भई मेसिन जाम भएको कारण उक्त उद्योग बन्द भएको थियो।

उद्योगलाई पुन सुचारु गर्नको लागि मेसिन मर्मत र कच्चा पदार्थ खरिद शीर्षकमा चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ मार्फत १ लाखको अनुदान प्रदान गरेका छन।

उक्त उद्योग २०८२ साल श्रावण ५ गतेबाट सञ्चालनमा ल्याइएको छ। गाउँपालिकाबाट प्रदान गरिएको अनुदानबाट १५००० मेसिन मर्मत गराउन लागेको र बाँकी रकम विराटनगरको अगरबत्ती उद्योग सञ्चालकसँग समन्वय गरी भियतनामबाट अगरबत्ती उद्योगमा आवश्यक जिकेट बासको सिङ्का तेल र कोल डस्ट खरिद गर्न प्रयोग भएको उक्त समितिका सदस्य तथा उद्योगका सहयोगी विद्यानाथ पौडेलले बताउनुभएको छ।

अशक्तहरूलाई पनि रोजगारी प्राप्त गराउने हिसाबले सञ्चालन गरिएको उक्त अगरबत्ती उद्योगका operator चुलाचुली गाउँपालिका वडा नम्बर १ निवासी ६५ वर्षीय कुलबहादुर गुराल र सहयोगी उक्त समितिकै चुलाचुली २ का विद्यानाथ पौडेल रहेका छन्।

उक्त उद्योगको अगरबत्ती बजारीकरण गराउन आज उद्घाटन भएको छ। उक्त उद्योगका सञ्चालक समिति तथा जागृति अपाङ्ग संघ चुलाचुली इलाम जिल्ला प्रशासनमा दर्ता भएको समितिका का अध्यक्ष दृष्टिसम्बन्धी अशक्त चुलाचुली गाउँपालिका पाँच निवासी चन्द्र दङ्गाल हुन् भने उपाध्यक्ष अर्पण राई त्यसैगरी सचिव लक्ष्मी थापा गुरागाई र कोषाध्यक्ष रत्नबहादुर तिरुवा रहेका छन्।

उक्त समिति १३ जनाको कार्यसमिति रहेको छ। उक्त उद्घाटन समारोहमा चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले रु ५०० बराबरको अगरबत्ती खरिद गरी उत्पादन समितिलाई सहयोग गर्नुभएको छ। त्यसैगरी प्रेम तामाङले पनि रु ५०० को अगरबत्ती खरिद गर्नुभएको छ।

त्यस्तै स्थानीय व्यापारी रकेन्द्र कुमार गौतमले पनि रु.५०० बराबरको अगरबत्ती खरिद गरी बिक्री वितरणको लागि आफ्नो पसलमा राख्नुभएको छ।

त्यस्तै आज उद्घाटन कार्यक्रममा रु २९०० बराबरको अगरबत्ती बिक्री भएको छ। त्यसै भोलिबाट स्थानीय पसलहरूमा अगरबत्ती खरिदको लागि आह्वान गर्ने उद्योगका सहयोगी विद्यानाथ पौडेलले बताउनुभयो।

सुख्खा मौसममा प्रतिदिन १० केजी सम्मको अगरबत्ती उत्पादन हुने र अहिलेसम्म अनुमानित ५० हजार बराबरको सामान निर्यात गरी अगरबत्ती उत्पादन गरिएको छ।

त्यस्तै उपभोक्तालाई सहज होस् भनी अग्रबत्ती प्रति प्याकेट रु २० रु ५० र रु १०० गरी ३ फरक फरक मूल्य मा अगरबत्तीको प्याकेट उत्पादन गरिएको छ ।अहिलेसम्म प्रति प्याकेट रु. १०० को २५३ packet अगरबत्ती उत्पादन भएको छ भने प्रतिपाकेट रु. ५० को ३०० वटा र प्रति प्याकेट रु. २०को ६५० वटा अगरबत्तीको पाकेट उत्पादन भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय