दमकको परिचित नाममध्ये एक हुन् प्रबिन पाठक। हाल उनी लिटल मिस एण्ड मिस टिन युनिभर्स नेपालका राष्ट्रिय निर्देशक मात्र नभई क्लियोपेट्रा इभेन्ट्सका प्रमुख समेत हुन्। यति मात्र होइन, उनी विभिन्न सामाजिक संघ–संस्थामा सक्रिय रहेर समाजसेवामा योगदान दिइरहेका छन् भने राजनीतिक क्षेत्रमा रास्वपा दमक नगर सचिवको जिम्मेवारी समेत सम्हालिरहेका छन्।

भर्खरै सम्पन्न लिटल मिस एण्ड मिस टिन युनिभर्स २०२५ मा नेपालबाट सहभागी प्रतिस्पर्धी रोशनी दर्नाल र नुम्सा लिम्बूलाई लिएर उनी फिलिपिन्स पुगेका थिए। प्रतियोगितामा दुवै प्रतिस्पर्धीले उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न शीर्षकहरू हात पार्दा, नेपालकै नाम अन्तर्राष्ट्रिय मञ्चमा उज्ज्वल बनेको थियो। यसै अवसरमा, बिजेतालाई मलेसियाका राजदूतद्वारा सम्मान गरिएको थियो भने कार्यक्रममा एनआरएन पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

क्लियोपेट्रा इभेन्ट्सद्वारा आयोजित मिस आर्टिस्ट्रीको विजेताहरूलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने पाठकको प्रतिबद्धता निरन्तर जारी छ। यसपटक पनि विजेताहरू रोशनी र नुम्साले सुरु देखिनै आत्मविश्वासपूर्ण प्रस्तुति दिँदै बेस्ट इन्टरभ्युअर अवार्ड समेत जितेका थिए। मिस आर्टिस्ट्रीमा ४५ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान हासिल गरेका यी प्रतिभावान किशोरीहरू अहिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव बनेका छन्। अभिभावकहरू आफ्ना छोरीहरूको उपलब्धिमा गर्वले उज्यालिएका छन्।

“सफलताको यात्रामा स्थानीय स्तरको हौसला र सहयोग महत्वपूर्ण हुन्छ। अबका दिनमा दमककै स्थानीय सरकार र सम्पूर्ण समाजले अझै साथ र सहयोग दिनेछन् भन्ने विश्वास लिएको छु,” प्रबिन पाठक भन्छन्।

यस उपलब्धि सम्भव बनाउन महत्वपूर्ण योगदान पुर्याउने आफ्ना टिमका सबै सदस्य, ग्लोबल कलेज दमक, चुलाचुली बोर्डिङ, बिस्ट फ्याक्ट्री, द नेक्स्ट एजुकेशन, सिल्भर कन्सल्टेन्सी, FDC, सप्तश्री एकेडेमी लगायत सबै संस्थाप्रति उनले हृदयदेखि नै आभार व्यक्त गरेका छन्। साथै, अभिभावकहरूको निरन्तर विश्वास र समर्थनप्रति समेत विशेष धन्यवाद दिएका छन्।

त्यस्तै, प्रतियोगिताका लागि आकर्षक पोशाक उपलब्ध गराइदिने गौरव बुटिक र द दमक बुटिकलाई पनि उनले बिर्सन नसकिने आभार प्रकट गरेका छन्।

अन्तर्राष्ट्रिय स्तरमा निरन्तर नेपालको नाम उच्च राख्दै आएका प्रबिन पाठक र उनकी टोलीको आगामी यात्रामा अझै ठूला सफलताको अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय