विनोद थापा विद्रोही /१३ भदौ २०८२ –
नेपालले आर्थिक वृद्धिको रफ्तार सम्हालिरहेको छ, तर जनताको वास्तविक पीडा अझै गहिरो छ। विश्व बैंकको प्रक्षेपणअनुसार २०२५–२६ आर्थिक वर्षमा नेपालको वास्तविक GDP वृद्धिदर ४.५% रहने अनुमान गरिएको छ। सरकारले पनि करिब ६.१०७ ट्रिलियन रुपैयाँको GDP आकारसहित ४.६१% वृद्धिको आकांक्षा सार्वजनिक गरेको छ।

तर बेरोजगारी अझै भयावह छ। राष्ट्रिय बेरोजगारी दर १२.६% रहेको छ भने युवा वर्ग (१५–२४ वर्ष)मा यो दर २२.७% पुगिसकेको छ। अर्थतन्त्रले बढ्दा पनि रोजगारी सिर्जना कमजोर हुँदा असमानता समाजलाई विभाजित बनाइरहेको छ।
यस्तो अवस्थामा दुर्गा प्रसाईको उपस्थितिले धेरैको जीवनमा आशाको किरण फैलाएको छ। प्रसाई बारम्बार भन्छन्—

> “म अर्को दुर्गा होइन, म सर्बहारा र भूमिहीनहरूको स्वर बनेको छु। मेरो संघर्ष मेरो लागि होइन, राष्ट्रका दबिएका जनताको न्यायका लागि हो।”
विशेषज्ञहरूको विश्लेषण अनुसार, यदि दुर्गा प्रसाई जस्तो आवाज नभएको भए—
उच्च व्याजदर र बैंकिङ दबाबका कारण हजारौं व्यवसायी देश छोड्ने स्थिति आउँथ्यो।
घरेलु व्यवसाय र साना उद्योगहरू बन्द भई लाखौं युवा बेरोजगार हुन्थे।
घर–जग्गा लिलाम हुने लहर देशभर फैलिन्थ्यो, सयौं परिवार सडकमा आउन बाध्य हुन्थे।
ऋण र बेरोजगारीको पीडाले मानसिक स्वास्थ्य संकट गहिरो बनाउँथ्यो।
तर प्रसाईले उठाएको आवाजले यी सबै पीडालाई साझा संघर्ष र जागरणमा बदलिदिएको छ। उनले थप भन्छन्—
> “यो अस्थायी आन्दोलन होइन, यो असली क्रान्ति हो। यसले उच्च व्याजको बेडी तोड्छ, व्यवसायीलाई बचाउँछ, बेरोजगारलाई रोजगारी दिन्छ, र देशको आर्थिक मेरुदण्डलाई मजबुत बनाउँछ।”
देशभरका सर्बहारा र भूमिहीनको पक्षमा आवाज उठाउँदै दुर्गा प्रसाईले आफ्नो व्यक्तिगत जीवनलाई भन्दा पनि समाजको न्याय र समानताको पक्षमा आन्दोलनलाई अग्रस्थानमा राखेका छन्।
देबि प्रसाद संग्रौला, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महा अभियानका सचिव तथा अर्थ तथा ऋणी एसोसिएसन केन्द्रीय विभाग प्रमुख, भन्छन्—

“दुर्गा प्रसाईको संघर्ष केवल व्यक्तिगत कथा होइन, यो लाखौं सर्बहारा र भूमिहीनको साझा पीडाको कथा हो। उनले नभएको भए आज धेरैको जीवन ऋण र बेरोजगारीको चपेटामा फसेको हुन्थ्यो।” प्रसाई केवल नाम मात्र होइनन्—उनी “सर्बहारा वर्ग र भूमिहीनहरूको क्रान्ति र आशाको आवाज” बनेका छन्।





