१५० भन्दा बढी GEN-Z घाइतेहरुको B&C मा निशुल्क उपचार हुँदै, दुर्गा प्रसाईं बने ‘जनताको भगवान’
झापा, बिर्तामोड — जेन–जी आन्दोलनमा घाइते भएका जेनजी युवाहरुको उपचारमा बिर्तामोडस्थित B&C हस्पिटल युद्धस्तरमै सक्रिय बनेको छ। आन्दोलन सुरु भएको दिन (भदौ २३) को भिडन्तमा चार जनाको मृत्यु भइसकेको छ भने करिब १५० जना घाइतेको निशुल्क उपचार अहिले पनि जारी रहेको अस्पतालले जनाएको छ भने उपचार पाएका मध्ये धेरैलाई डिस्चार्ज गरेर घर पठाइएको छ।


उपचारमा कसैको खुट्टा गुमेको छ, कसैको हात वा पाखुरामा गोली लागेको छ, कसैलाई छर्राले घाइते पारेको छ— तर उनीहरूले उपचारका लागि एक रुपैयाँ पनि तिर्नु परेको छैन। आन्दोलनकै दिन दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत “जेन–जी आन्दोलनका सबै घाइतेको उपचार निःशुल्क गरिन्छ” भन्ने घोषणा गरेपछि घाइतेहरू B&C मा ओइरिएका हुन्।

B&C मेडिकल डाइरेक्टर डा. बीपी दासीका अनुसार, घाइतेको भीड अत्यधिक भएकाले अहिले अस्पतालमा औषधि नै अपुग हुन थालेको बताउनु भयो । त्यस्तै अभियान्ता तथा समाजसेवी रामचन्द्र मैनालीले घाइतेलाई आफैं सम्हाल्दै अस्पताल पु¥याइरहेको र हालसम्मको उपचारमा करिब तीन करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको बताउनु भएको छ ।

उपचाररत घाइते र उनका परिवारजन दुर्गा प्रसाईंको योगदानको खुला प्रशंसा गरिरहेका छन्। एक घाइतेका बाबु भावुक हुँदै भन्छन्, “दुर्गा प्रसाईं हाम्रो भगवान हुन्। आउँदो चुनावमा उहाँ उठ्नुभयो भने भोट हालेर जिताउँछौँ।”
घाइतेहरूकै तर्फबाट मृतक परिवारलाई न्याय दिलाउन माग गर्दै, “राजीनामा मात्र होइन, अघिल्ला सरकारका जिम्मेवारलाई पनि कठघरामा उभ्याउनुपर्छ,” भन्ने माग अन्तरिम प्रधानमन्त्री सुशीला कार्की समक्ष राखिएको छ।
राज्यले गर्नुपर्ने काममा सरकार अलमलिँदा दुर्गा प्रसाईं एक्लै अगाडि सरेका छन्। देश आर्थिक मन्दीमा छ; आन्दोलनको कठीन परिस्थितिमा कतिपय अस्पतालले ढोका नै बन्द गर्ने, कतिले अत्यधिक शुल्क असुल गर्ने गरेको बेलामा B&C अस्पतालले निशुल्क उपचार गरेर उदाहरण पेश गरेको छ।
एक घाइतेकी आमाले आँसु झार्दै भनिन्, “यहाँ उपचार गर्न गरिब–दुखीले धेरै पटक सोच्नुपर्ने हुन्छ। तर दुर्गा प्रसाईं ज्युले निशुल्क गरिदिनुभयो। उहाँलाई धन्यवाद दिन शब्द छैन।”

यस महा–संकटमा छिटो, समयमै र पूर्णतः निःशुल्क उपचार उपलब्ध गराउँदै दुर्गा प्रसाईंले जनताको अस्पताललाई जनताको भगवानको प्रतीक बनाएका छन्।





